काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । उनका स्वकीय सचिवालयले यसबारे जानकारी सार्वजनिक गरेको हो।
स्वकीय सचिव भानु देउवाले भने, “पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछन्।”
प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। देउवा डडेलधुराबाट चुनाव लड्दै आएका थिए। तर कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा सभापति बन्नु सँगै उनले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन्।
यसैबीच, नयाँ कार्यसमितिलाई अमान्य ठहर गर्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ। उम्मेदवारी दर्ता अघि नै देउवाले चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्