काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
आज चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन्। उनले आज दिउँसो १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन्।
राजीनामा अघि दाहालले कार्यपालिका बैठक आयोजना गरी महानगरका जनप्रतिनिधि र कर्मचारीहरूलाई सहयोग र समर्थनका लागि धन्यवाद दिएकी थिइन्।
रेनु दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छिन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्