काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा सकिएको छ। सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सम्पन्न भएको हो।
रिट शेरबहादुर देउवा पक्षबाट दायर गरिएको थियो, जसमा निर्वाचन आयोग समेत विपक्षी बनाइएको थियो। देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै अदालत पुगेको थियो।
यसअघि गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेका थिए। निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् भने फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको टिकट वितरण गर्ने अधिकार पनि उनीसँगै रहेको छ।
सर्वोच्च अदालतको आदेश अझै बाँकी रहेको छ, जसले विवादको अन्तिम निर्णय दिनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्