Skip to content

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्। उनका प्रस्तावक नारायण खत्री र समर्थक रिजन राना मगर रहेका छन्।

भट्टराईले केही समयअघि चुनाव नलड्ने बताएका थिए, तर आइतबार मात्र उनी चुनावी मैदानमा उठ्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार