Skip to content

रास्वपाकी विनिता कठायतले जुम्लाबाट गरिन् उम्मेदवारी दर्ता

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ विनिता कठायतले जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेकी छन्। उनले मंगलबार जुम्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कठायतले कर्णालीको भूगोल, समस्या र नागरिकको जीवन बुझ्ने प्रतिनिधि सदनमा पुग्नुपर्ने बताइन्। आफूले जुम्लाका नागरिकको व्यथा, पीडा र अपेक्षाको प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कठायत जुम्लाबाट प्रत्यक्षतर्फ चुनाव लड्ने महिला उम्मेदवारमध्ये एक मात्र हुन्। उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाकी समानुपातिक सदस्यसमेत रहिसकेकी छन्।

उनको उम्मेदवारीसँगै जुम्लामा चुनावी माहोल थप सक्रिय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार