Skip to content

रुकुम पश्चिमबाट जनार्दन शर्माको उम्मेदवारी दर्ता

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार मनोनयन दर्ता गराएका हुन्।

शर्मा यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुँदै आएका नेता हुन्। २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका उनले यसपटक नयाँ राजनीतिक दल गठन गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिममा शर्माको उम्मेदवारीसँगै चुनावी माहोल थप चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार