काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्ने अग्राधिकार दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले न्तरिम आदेश दिन अस्वीकार गर्दै छिटो निर्णय आवश्यक भएको भन्दै आदेश जारी गरेको हो।
शेरबहादुर देउवा र एक जना पक्षले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा विशेष महाधिवेशनमार्फत गगन थापा–विश्वप्रकाश शर्मा पक्षले नयाँ नेतृत्व चयन गरेको विवाद उठाइएको थियो। निर्वाचन आयोगले नवनिर्वाचित टोलीलाई वैधानिकता दिएको थियो।
सर्वोच्चको आदेशअनुसार १५ दिनभित्र विवादमा अन्तिम फैसला सुनाइनेछ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले टिकट वितरण गरेका उम्मेदवारहरूले यसैअनुसार उम्मेदवारी दर्ता गरिसकेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्