काठमाडौँ । विशेष अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दामा मिसिल (फाइल) झिक्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानपूर्व निर्णयको फाइल अदालतमा बुझाउन आदेश दिएको हो। फाइल पाएकोपछि सुनुवाइको अर्को मितिका लागि पेसी तोकिएको छ।
अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते मुद्दा दायर गरेको थियो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरिएको छ। अख्तियारको आरोप अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी जग्गा व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गरेको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको छ।
नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको र २०६६ माघ १८ गते ठाडो आदेशमार्फत थप जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिलाएको भनिएको छ। कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री/हिनामिना भई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो।
छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्