Skip to content

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार पछिल्लो २५ दिनमा फेला परेको यी ५० सवारी साधनका मालिकहरूले प्रहरीले गरेको अनुसन्धानको कदर गर्दै मिठाइ खुवाएका थिए।

एसपी नरेश सुवेदीले जानकारी दिए अनुसार मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरी मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।

पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको थियो, जब कि सो महिनामा ३०५ वटा हराएको निवेदन परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार