काठमाडौँ । डा. निकोलस भुसाल (कमल भूसाल) ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगरेको भन्दै स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए।
उनले लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, ज्योतीनगर पहिरो नियन्त्रण गर्ने, तिनाउ खोलामा फालिँदै आएको बुटवलको फोहोरलाई मोहरमा रूपान्तरण गर्ने र पहाडी जिल्लामा उत्पादित वस्तुको बजार व्यवस्थापन जस्ता स्थानीय मुद्दाहरूलाई पनि चुनावी एजेन्डामा समेटेको बताए।
अघिल्लो निर्वाचनमा पनि भुसालले स्वतन्त्र रूपमा यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए, तर निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै खारेज गरेको थियो। यसपटक पनि उनले राजनीतिक दलको बाहिर रहँदै जनताको एजेन्डा लिएर चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्