काठमाडौँ । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय सञ्चालन गर्दै आएका सहकारी संस्थालाई ती शाखा बन्द गर्न निर्देशन दिएको छ । विभागले राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूलाई पत्र पठाउँदै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न यस्तो निर्देशन दिएको हो।
सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभागले ६ बुँदे निर्देशन जारी गरेको छ, जसको मुख्य प्राथमिकतामा बहु–शाखा बन्द गर्ने विषय रहेको छ। जारी परिपत्रको पहिलो बुँदमै एकभन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारी संस्थाले हिसाब–किताब राफसाफ गरी शाखा बन्द गर्नुपर्ने उल्लेख छ।
नयाँ निर्देशनअनुसार सहकारी संस्थाले अब कुनै पनि कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन पाउने छैनन्। प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ।
त्यसैगरी, एकै व्यक्तिलाई एक वा एकभन्दा बढी तमसुकमार्फत दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
बचत तथा ऋण सहकारी संस्थाले आफ्नै प्रयोगका लागि बाहेक बिक्रीको उद्देश्यले जग्गा खरिद गर्न नपाउने व्यवस्था पनि लागू गरिएको छ। घर–आवास नभएका सदस्यका लागि आवास निर्माण प्रयोजनमा भने अधिकतम १,००० वर्ग मिटर क्षेत्रफलसम्मको जग्गा खरिद गर्न ऋण दिन सकिने व्यवस्था गरिएको छ।
यसका साथै, बचत तथा ऋण सहकारी संस्थाले एउटै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने र कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने सहकारी विभागको निर्देशन छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्