Skip to content

सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

आज जारी गरिएको सूचनामार्फत प्रधान कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास तथा सूचना टाँस गरिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर हुने प्रहरी कर्मचारीमध्ये एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवल्दार, एक जना सहायक हवल्दार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार