काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्ने भनिएको मधेस सभा नहुने भएको छ ।
कांग्रेस सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय भएको थियो । तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले उक्त कार्यक्रम स्थगित गरिएको हो ।
निर्वाचन आयोगका अनुसार फागुन ४ गतेअघि उम्मेदवारहरूले प्रचार–प्रसार तथा कुनै पनि सभा–जुलुस गर्न नपाउने व्यवस्था छ । प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि आचारसंहिता लागू गरिएको हो । मनोनयन दर्ता माघ ६ गते भएको थियो ।
यसै कारण कांग्रेसले मधेस सभाको मिति सारेको हो । मधेस सभाको नयाँ मिति छलफल गरेर तय गरिने कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्