Skip to content

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ कायम भएको छ । यसअघि शनिबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शनिबार प्रतितोला छ हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला छ हजार चार सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार