Skip to content

मधेस प्रदेश चार सिटका लागि जनकपुरमा मतदान जारी (सात-तस्बिर)

कालोपाटी

३ दिन अगाडि

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान भइरहेको छ। चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।। जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ। मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसंख्यकरअपाङ्गता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन हुँदैछ। आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रियसभाका ५९ मध्ये १७ सदस्यका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभाका रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाले भागबण्डा गरेका छन्। बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार