Skip to content

उज्यालो नेपालका १५ नेताले गरे पार्टी त्यागेको औपचारिक घोषणा

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १५ केन्द्रीय सदस्यहरूले पार्टी छोडेको औपचारिक घोषणा गरेका छन्। उनीहरूले आगामी राजनीतिक यात्रा र नयाँ योजना खुलाउन भने केही बताएका छैनन्।

नेताहरूले हस्ताक्षररहित विज्ञप्तिमार्फत तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने बताउँदै भनेका छन्, “यसलाई कुनै दलप्रति समर्थन वा विरोधको रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासको रूपमा बुझिदिन अनुरोध गर्दछौं।”

पार्टी त्याग्नेमा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन्।

रास्वपा र उज्यालो नेपालको एकता भंग भएको अवस्थामा उनीहरू घिसिङसँग असन्तुष्ट बनेका थिए। रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले केही नेतालाई केन्द्रीय समितिमा समायोजन गर्न प्रस्ताव लगाएका थिए, तर सभापति रवि लामिछानेले अस्वीकार गरेका थिए।

विज्ञप्ति जारी गर्ने नेताहरूले भनेका छन्, “रास्वपाले उचित स्थान दिएको खण्डमा यही पार्टीमा बस्छौं, अन्यथा आफ्नो ढंगले वैकल्पिक राजनीतिमा क्रियाशील रहनेछौं।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार