Skip to content

कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जाने

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्।

सभापति थापाको सचिवालयका अनुसार उनी आज बिहान १०:३० बजेको उडानमार्फत सिमारा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम छ।

वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन्। निर्वाचन क्षेत्र भ्रमणका क्रममा उनले स्थानीय नेता, कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने बताइएको छ।

थापाको यो भ्रमणलाई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरण र मतदाता संवादको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार