Skip to content

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो फागुनको पहिलो हप्तादेखि

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी–वान) तथा दोस्रो माउन्ट एभरेष्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी–वान) फागुन १ गतेदेखि सुरु हुने भएको छ।

आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा २० देशका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार गेरोगी तथा पुम्से विधातर्फ जम्मा ७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूको पनि सहभागिता रहने सङ्घका सदस्य कुमार लामा घिसिङले बताए।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष तथा नेपाल तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै विभिन्न १३ वटा उपसमिति पनि गठन गरिएका छन्।

छ दिनसम्म चल्ने प्रतियोगिताका सबै खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार