Skip to content

४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौं । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजना राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय वन क्षेत्रमा जलविद्युत् आयोजनाका लागि आवश्यक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। यस निर्णयले चारै आयोजनाको योजना अघि बढाउन अनुमति दिनेछ र ऊर्जा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार