Skip to content

समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक तर्फ कुल २ करोड ८ लाख ५४ हजार ८ सय मतपत्र छापिएको छ।

प्रत्यक्षतर्फको मतपत्र २ करोड ३ लाख २३ हजार छाप्ने कार्य आइतबारदेखि सुरु भएको छ र यो प्रक्रिया लगभग १५ दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ। भण्डारीका अनुसार निर्वाचन आयोगले आगामी फागुन ५ गतेअघि सम्बन्धित स्थलमा मतपत्र वितरण गरिसक्ने गरी तयारी अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार