काठमाडौँ । देशका नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अघिल्लो वर्षको तथ्यांकका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका छन् । यस्तै अछाम, अर्घाखाँची, बारा, डडेलधुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर मध्यम जोखिममा परेका छन् ।
वन डढेलोको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले पूर्वानुमान, निगरानी तथा पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउने कार्ययोजना तय गरेको जनाएको छ । साथै पूर्वतयारी, वन व्यवस्थापन र सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकतामा राखिएको छ ।
सङ्घ, प्रदेश तथा स्थानीय तहका जिम्मेवार निकायहरूबीच सहकार्य गर्दै डढेलो नियन्त्रणका प्रयासलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । वन डढेलोका कारण हुने जनधन तथा वातावरणीय क्षति न्यूनीकरण गर्नु कार्ययोजनाको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ ।
डढेलो जोखिमबारे जनचेतना अभिवृद्धि, वन क्षेत्र तथा वनजन्य इन्धनको व्यवस्थापन, मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने रणनीति पनि कार्ययोजनामा समावेश गरिएको छ ।
प्रविधिको प्रयोग र मानव संसाधन परिचालनमार्फत जोखिमयुक्त क्षेत्रको निगरानी, अनुगमन तथा पूर्वचेतावनी प्रणाली प्रभावकारी बनाइने, सरोकारवाला निकायबीच समन्वय र सञ्चार बढाइने तथा सचेतनामूलक अभियान, तालिम र अभ्यासमार्फत डढेलो नियन्त्रण कार्यलाई सुदृढ बनाइने प्राधिकरणले जनाएको छ ।
यसैगरी, वन डढेलोबाट प्रभावित समुदायको उद्धार, उपचार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी बनाउने, तथ्यांक व्यवस्थापन, अध्ययन तथा अनुसन्धानलाई मजबुत बनाउने रणनीति पनि तय गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्