काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई (निजगढ) द्रुतमार्गको निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालको प्रगतिबारे जानकारी लिँदै कामलाई छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न निर्देशन दिइन् । उनले आयोजनाका लागि आवश्यक सहयोग सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने करिब ७१ किलोमिटर लामो यो मार्गलाई रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।
यो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापन तथा निगरानीमा निर्माण भइरहेको छ । २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणका समस्याका कारण आयोजना प्रभावित हुँदै आएको छ ।
आयोजनाको २०८२ असार मसान्तसम्म समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्