Skip to content

‘अब मधेशको विषयमा काठमाडौंमा छुट्टै ढंगको बहस हुन्छ’ : गगन थापा

कालोपाटी

२३ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा स्पष्ट पारेका छन्।

मंगलबार सर्लाही–४ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “यहाँका शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता समस्याहरू देशसँग जोडिएका छन्। त्यसैले मैले सुझबुझ गरेर, आफ्नो रोजाइले मधेशबाट चुनाव लड्ने निर्णय गरेको हुँ।”

थापाले सर्लाही पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको पनि स्मरण गर्दै, आफ्नो चुनावी रोजाइ “माटोसँग जोडिएको” भएकाले मधेश आएको बताएका छन्।

उनले थपे, “अब मधेशको विषयमा काठमाडौंमा छुट्टै ढंगको बहस हुनेछ, भोलि यसका बारेमा लड्न, बुझ्न र बहस गर्न सहज होस्।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार