काठमाडौँ । नेपाली कांग्रेसले सोमबार आफ्नो ८० औँ स्थापना दिवस बिर्सिएको छ। चुनावी तयारीले गर्दा पार्टीले यस वर्ष स्थापना दिवस मनाउन कुनै विशेष कार्यक्रम नगरेको हो।
सभापति गगन थापा आफ्नै निर्वाचन क्षेत्र सर्लाहीमा व्यस्त थिए भने अन्य नेताहरु पनि आफ्ना क्षेत्रमा केन्द्रित थिए। यसअघि कांग्रेसले स्थापना दिवसको अवसरमा केन्द्र र जिल्लाहरुमा विविध कार्यक्रम गर्ने गरेको थियो।
महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलले ७७ वटै जिल्लाका सभापतिहरुलाई पठाएको परिपत्रमा केवल चुनावी प्रचार कार्यसूचीमाथि निर्देशन दिएका छन्; स्थापना दिवसको कुनै उल्लेख छैन।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, “चुनावी तयारी र कार्यक्रमका कारण छुट्टै स्थापना दिवस मनाउन अलमल भयो।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्