Skip to content

राष्ट्रिय झन्डाको दुरुपयोगबारे राष्ट्रिय सभामा बहस : कारबाही गर्न माग

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय सभा बैठकमा सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस र र्‍यालीमा झन्डाको प्रयोग रोक्न सरकारसँग आग्रह गरेकी छिन्। उनले भनिन्, “नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। यसको उचित व्यवस्थापन, संरक्षण र स्याहारसम्भारको अवस्था स्पष्ट छैन। त्यसैले दुरुपयोग रोक्न कानुनी कारबाही आवश्यक छ।”

सांसद बेलवासेले घाँटीमा माला जस्ता रूपमा झन्डा लगाइएका अवस्था अनियन्त्रित रहेको र यसको खोजबिन गर्न नसकिने अवस्था रहेको उल्लेख गर्दै, सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार