काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।
सोडारी ६ बुँदे माग राख्दै ९ दिनदेखि आमरण अनसनमा थिए। लगातार ९ दिनसम्म अनसन जारी रहँदा समेत सरकारले कुनै चासो नदेखाउँदा अन्ततः उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो।
जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले सरकारको व्यवहारलाई ‘क्रूर र मानवीय संवेदनाहीन’ भएको टिप्पणी गरेका छन्।
अस्पतालका डा. जगत विकका अनुसार सोडारीको स्वास्थ्य अवस्था अत्यन्तै सिकिस्त बन्दै गएपछि तत्काल भर्ना गर्नुपर्ने भएको हो।
सोडारीका ६ बुँदे मागहरू यस प्रकार छन्:
-
निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने।
-
जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ र दोषीमाथि हदैसम्मको कारबाही सुनिश्चित गरिनुपर्ने।
-
भ्रष्टाचार अभियोग लागेका व्यक्तिहरूमा निष्पक्ष छानबिन र कडा कारबाही सुनिश्चित गरिनुपर्ने।
-
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गरिनुपर्ने।
-
संविधान संशोधन वा पुनःलेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने।
-
विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने।
सोडारीको स्वास्थ्य अवस्था र सरकारको प्रतिक्रिया सँगै जेनजी आन्दोलनको मुद्दा अहिले व्यापक चर्चामा छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्