Skip to content

नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै

कालोपाटी

१ दिन अगाडि

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग पहिलो अभ्यास खेल खेल्दैछ। खेल साँझ सवा ६ बजे सीसीआई मैदानमा सुरु हुने छ।

नेपाल भारत आउनुअघि श्रीलंकामा गएर श्रीलंका ए सँग तीन अभ्यास खेल खेलेको थियो। ती खेलमध्ये पहिलो र दोस्रो खेलमा पराजित भए पनि तेस्रो खेलमा नेपाल विजयी भएको थियो।

आजको खेलपछि नेपालले एमसीए प्रेसिडेन्ट ११ सँग दोस्रो अभ्यास खेल शनिबार खेल्ने छ।

त्यसपछि नेपाली टोलीले टी-२० विश्वकप अघि दुई वार्म अप खेल खेल्नेछ। फेब्रुअरी ३ मा यूएईसँग साँझ ५:१५ बजे र फेब्रुअरी ५ मा क्यानडासँग दिउँसो सवा १ बजे चेन्नईस्थित एमए चिदाबरम रंगशालामा खेल हुनेछ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले समूह चरणमा फेब्रुअरी ८ मा इंग्ल्यान्ड, फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार