काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ।
कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेनाले दुर्घटनाको पुष्टि गरेको छ। दुर्घटनामा परेको विमान बिच क्राफ्ट १९०० मोडेलको थियो। दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला परेको बीबीसीले जनाएको छ। विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो समेत रहेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्