काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठ को इजलासले साक्षी बुझ्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरेको छ।
अख्तियारको दावी अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले सरकारी जग्गा गैरकानुनी रूपमा निजी र संस्थागत स्वार्थका लागि हस्तान्तरण गरी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लागेको छ।
जग्गा विवरण: ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्