काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले आज जारी गरेको विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद, देवत्वकरणतर्फ लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने प्रवृत्तिसँग असहमत भएर एमाले छाडेको बताएका छन्।
सप्तरीका देव लामो समयसम्म एमालेमा सक्रिय थिए। पछि उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य बनेका थिए। त्यसपछि फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकृत भएपछि देव कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि भएका थिए।
२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमा फर्किएका थिए। एमालेमा उनी उपाध्यक्ष रहँदा पार्टीको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (युवा संघ) मा बौद्धिक युवा र अनुभवशाली नेता रूपमा परिचित थिए।
देवले २०५३ सालमा नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष भएर ३४ हजार नागरिकता वितरणमा भूमिका खेलेका थिए। केही विवादका बाबजुद उनी एमालेमै रहे। तर समयसँगै पार्टीको स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवाद र निर्णय प्रक्रिया प्रति असन्तुष्टि बढेपछि आज उनले पार्टी छाड्ने निर्णय गरेका हुन्।
विज्ञप्तिमा देवले अबको राजनीतिक रुझान वामपन्थीयै रहने बताएका छन्। उनले पार्टी छोड्दा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकोमा धन्यवाद समेत दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्