Skip to content

‘ढुक्क हुनुस्, चुनाव एकै चरणमा हुन्छ’ : प्रधानमन्त्री कार्की

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा एकै चरणमा सम्पन्न हुने स्पष्ट पारेकी छन्। निर्वाचन सर्ने वा दुई चरणमा हुने भन्ने हल्लाको खण्डन गर्दै उनले सबैलाई ढुक्क र निश्चिन्त रहन आग्रह गरिन्।

बिहीबार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकैदिन हुने दोहोर्‍याइन्। उनले निर्वाचनका दिन देशभरको मौसम अनुकूल रहने विश्वाससमेत व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले सबै मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गरिने बताउँदै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्।

‘ढुक्क र निश्चिन्त हुनुस्, चुनाव एकै चरणमा र तोकिएकै मितिमा हुन्छ,’ उनले भनिन्, ‘निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी आफ्नो घर फर्किन्छौं।’

सरकारले निर्वाचन सफल बनाउन आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइरहेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार