Skip to content

निर्वाचन आयोगमा सामग्री ढुवानी तयारी र वितरण प्रक्रिया धमाधम (सात तस्विर)

कालोपाटी

२५ मिनेट अगाडि

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सामग्री ढुवानी र तयारी तीव्र पारेको छ। आयोग अनुसार अघिल्लो हप्तादेखि मतपेटी तथा अन्य प्राथमिक सामान जिल्लातिर ढुवानी सुरु भइसकेको छ। त्यसैगरी छाप, स्टेशनरी र थप आवश्यक सामग्रीहरू पनि चाँडै उपलब्ध भई निर्वाचन क्षेत्रहरूमा पठाउन थालिनेछ।

आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री पठाउने र जिल्लामा ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने जनाएको छ। निर्वाचन तयारीमा समन्वय, भण्डारण तथा रसद व्यवस्थापनमा छिटो र पारदर्शी प्रक्रिया अपनाउन आयोगले जोड दिएको छ। साथै कडाइका साथ सुरक्षा तथा चुनाबी नियमावली पालना गराउने योजना बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार