काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाह झापाबाट चार महिनापछि काठमाडौं फर्कनुभएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य स्वागत गरेका छन् । समर्थकहरूले विमानस्थलको मुख्य गेटदेखि बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका थिए । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायतका राजावादी समूहहरूले पूर्वराजा शाहको स्वागत गरेका छन् ।
यस अवसरमा पूर्वराजा शाहलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरिएको छ । उहाँ गाडीमा उभिएर समर्थकहरूको अभिवादन स्वीकार गर्दै निर्मल निवासतर्फ ¥यालीसहित जानुभएको छ । प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । जसमा विमानस्थलदेखि निर्मल निवाससम्म डीएसपीहरूको कमान्डमा प्रहरी परिचालन गरिएको थियो ।यद्यपि, समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले भव्य स्वागतको वातावरण बनेको थियो ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्