काठमाडौं । काठमाडौं-५ का उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन्।
टोखामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले देश बनाउने शक्ति भएको बताएका छन्। ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने।
पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनतामाझ पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध गरेका छन्। साथै जनताका गुनासा, आलोचना र समस्याहरू सुनेर समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
फरक परिस्थितिमा हुन लागेको यस निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउन देशभर एमालेको जित आवश्यक रहेको उनको भनाइ छ। काठमाडौं–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत मागिरहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्