Skip to content

चितवन -१मा एमालेको अग्रता, रास्वपाको हरि ढकाल तेस्रो

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर-१मा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राखेका छन् ।

हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४१७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १ हजार १४८ मत पाएका छन् ।

रास्वपा उम्मेदवार हरि ढकालले ६०० मत ल्याउँदा नेकपाका उम्मेदवार कृष्णराज पन्तले ३७३ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्