Skip to content

दाङ-२मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै

कालोपाटी

२२ घण्टा अगाडि

काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् ।

हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । एमाले महासचिव पोखरेलले ५८३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ३८७ मत मात्रै प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाएका छन् ।

दाङ-२मा ८२ हजार ६०० मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार