काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धका लागि ठूलो रकम माग गरेको छ।अंग्रेजी अखबार वासिङ्टन पोस्ट को रिपोर्टअनुसार पेन्टागनले राष्ट्रपति कार्यालयसँग इरानसँगको युद्धका लागि २०० अर्ब डलर रकम माग गरेको हो।
एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै २०० अर्ब डलरभन्दा बढी रकमका लागि मञ्जुरी दिन आग्रह गरिएको रिपोर्टमा उल्लेख छ।यो रकम इरानमा अहिलेसम्म खर्च गरिएको भन्दा निकै धेरै हुने बताइएको छ र यसको उद्देश्य सकिएका आवश्यक हतियारको उत्पादन तत्काल बढाउनु हो।
पछिल्लो दुई हप्तामा पेन्टागनका तर्फबाट फन्डिङका लागि फरक–फरक अनुरोध पेस गरिएको थियो।पछिल्लो मागलाई लिएर अमेरिकी संसद् ९कंग्रेस० मा ठूलो राजनीतिक बहस हुने सम्भावना रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्