काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ लाखभन्दा बढी मत गुमाएपछि पार्टीभित्र समीक्षा सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सदस्यहरूले अन्य दललाई भोट हालेको रिपोर्ट आएपछि कारबाहीको चेतावनी दिएका छन्। उनले सबै निर्वाचन क्षेत्रबाट ठोस रिपोर्ट आएपछि कारबाही सुरु हुने बताए र पार्टी पुनर्गठनका लागि असारमा महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रचण्डले मत घट्नुमा संगठन बलियो भए पनि विचार, राजनीति र संघर्षमा पछि परेको कारण रहेको बताए। उनले पार्टीलाई विचार र राजनीति, संगठनलाई चुस्त बनाउन ध्यान केन्द्रित गर्नुपर्ने भन्दै नेतृत्व र कार्यकर्तालाई निराश नहुन आग्रह गरे। नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले सचिवालय बैठकमा गम्भीर समीक्षा हुने र पार्टी रुपान्तरण तथा पुनर्गठनका लागि असारमा महाधिवेशनको तयारी अघि बढ्ने जानकारी दिएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्