Skip to content

‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भयो’: गोकुल बास्कोटा

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली पक्षको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेकोप्रति निराशा प्रकट गरेका छन् ।

पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र हुँदै भारत–चीन व्यापार मार्ग आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बिस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो । यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार १’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार