काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।
राप्रपाले राजाको एजेन्डा लिने तर राज आज्ञा पालन नगर्ने र दलित समस्याप्रति सम्वेदनशील नभएका कारण पार्टी परित्याग गरेको परियारले उल्लेख गरेका छन् । ‘समानुपातिक चार सिटमा एक जना खसआर्य र एक जना दलित मिलाउन सकिने भए पनि पार्टीले दलितर्ला नसमेटेको उनको आरोप छ ।
केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका परियारले राप्रपामा राजनीतिक र वैचारिक स्पष्टतासमेत नरहेको आरोप लगाएको छन् । राजसंस्थालाई राजनीतिक भ¥याङमात्र बनाइनु, राजसंस्था पुनस्र्थापनाको आन्दालनलाई कमजोर बनाइनु र पार्टीभित्र सच्चा देशभक्त नेता–कार्यकर्ताहरुप्रति पक्षपातपूर्ण व्यवहार गरिनु आफूले पार्टी परित्यागको कारण रहेको उनले भनेका छन् ।
परियार केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्यसँगै राप्रपाको केन्द्रीय निर्देशन समितिका सदस्य तथा उत्पीडित दलित संगठनका केन्द्रीय वरिस्ठ नेताको हैसियतमा पार्टीमा कार्यरत थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्