Skip to content

राइडशेयरिङ चालकहरूको प्रदर्शन, माइतीघरदेखि तिनकुनेसम्म र्‍याली (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । विभिन्न माग राख्दै राइडशेयरिङ सेवामा आबद्ध चालकहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भई त्रिपुरेश्वर, कमलपोखरी, बानेश्वर हुँदै तिनकुनेमा पुगेर सभामा परिणत भएको हो।

चालकहरूले सेवा सञ्चालनसम्बन्धी नीतिगत स्पष्टता, उचित भाडादर निर्धारण, सामाजिक सुरक्षा तथा कामको सुनिश्चितताको माग गर्दै र्‍याली निकालेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले आफ्नो पेशागत अधिकार सुनिश्चित गर्न सरकारसँग तत्काल वार्ता गर्न समेत माग गरेका छन्।

र्‍यालीका कारण केही समय काठमाडौंका मुख्य सडकहरूमा सवारी आवागमन प्रभावित भएको थियो। तिनकुनेमा आयोजित सभामा वक्ताहरूले माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। सरकार र सम्बन्धित निकायले भने यस विषयमा छलफल भइरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार