काठमाडौं । पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई बधाई दिने कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा पार्टीका शीर्ष तथा केन्द्रीय नेताहरूको उपस्थिति क्रम जारी रहेको छ। नव–निर्वाचित सांसदहरूलाई सम्मान गर्दै पार्टीभित्र एकता, सहकार्य र आगामी राजनीतिक दिशाबारे पनि छलफल भइरहेको जनाइएको छ।
नेताहरूले नयाँ जनप्रतिनिधिहरूलाई जिम्मेवारीपूर्ण ढंगले काम गर्न आग्रह गर्दै जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा सांसदहरूबीच आपसी समन्वय र पार्टी सुदृढीकरणका विषयमा समेत विचार आदान–प्रदान भइरहेको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्