काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएको छ । तर त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उहाँको तर्क छ ।
ह्वाइट हाउसको ओभल कार्यालयमा ट्रम्पले अमेरिका छिट्टै इरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने संकेतसहित अब युद्ध लम्ब्याउन आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ ।
यस्तै इरानका रक्षा मन्त्री मसुद पेजेस्कियानले युद्ध अन्त्यका लागि तेहरान तयार रहेको उल्लेख गर्नुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरु गरेका थिए । जसमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको हो ।
ट्रम्पले इरानमा लक्ष्य पूरा भइसकेको दाबी समेत गर्नुभएको छ । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेसम्म युद्ध अन्त्य गर्ने कुनै समयसीमा तोक्नुभएको छैन ।
युद्धका कारण विश्वभर बढ्दो इन्धनको भाउबारे राष्ट्रपति ट्रम्पले अमेरिकी सैन्य अभियान अन्त्य हुनासाथ बजारमा तेलको मूल्य घट्ने उल्लेख गर्नुभयो । साथै उहाँले अमेरिका र इजरायलको आक्रमणबाट इरानलाई आफ्नो देश पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्ने दाबी गर्नुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्