
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।
भोलिदेखि संसदको अधिवेशन सुरू हुँदैछ । च्यासलमा जारी बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ ।
दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ । तर, सुहाङ नेम्वाङलगायतले पनि दलको नेतामा दाबी रहने बताएका छन् । पार्टीमा आन्तरिक र बाहिर पनि सुहाङलाई दलको नेताको रूपमा देख्न चाहेको समाचारहरू आइरहेको छ ।
एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । आजको बैठकमा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताइएको छ ।
संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, लगायत पदाधिकारी पनि सहभागी छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्