काठमाण्डौ । अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आर्टिमिस-२’ नामक चन्द्र अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडा केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ ।
यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन हुनुहुन्छ । अभियानमा संलग्न चालक दल सुरक्षित तथा ठूलो उत्साहमा रहेको नासाले जनाएको छ । कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन् ।
यो मिशन मानिसलाई पुनः चन्द्रमातर्फ लैजाने ऐतिहासिक योजनाको महत्त्वपूर्ण चरण हो । यस अभियानमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको वरिपरि परिक्रमा गर्नेछन् र पृथ्वीमा फर्कनेछन् । चालक दलले अन्तरिक्षबाट पृथ्वी र चन्द्रमाको अद्भूत दृश्यहरूको अनुभव गरिरहेका छन् । नासाका अन्तरिक्षयात्री रिड वाइजमनले भव्य दृश्य र गजबको चन्द्रोदय देखेको बताउनुभएको छ ।
यो मिशनले भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने र त्यसपछि मंगल ग्रहसम्मको यात्राको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् १९६० र ७० को दशकमा प्रसिद्ध ‘अपोलो’ मिसनमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्