Skip to content

राजश्व चुहावटविरुद्ध सरकार आक्रामक, सुरक्षा निकायसहित उच्चस्तरीय बैठक (सात तस्विर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक शुरु भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

बिहान ११ बजेदेखि शुरु भएको बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता छ । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भुमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भइरहेको छ । अर्थमन्त्री डा। वाग्लेले राजश्व प्रशासनसँग सम्बन्धित विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूलाई राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न निर्देशन दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार