काठमाडौँ । फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा पहिलो बैठक बसेको हो ।
पहिलो दिनको बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामै बसेको छ । बैठकको सुरुवातमा नेकपा एमालेका सांसदले उठेर केही बेर अवरोध गरेका थिए । त्यसपछि सभाध्यक्ष केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।
बरालले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध जनाउँदै आजै रिहा गर्न सरकारसँग माग गरे ।
त्यसपछि सुचारू भएको बैठकमा सभाध्यक्ष केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट रास्वपाका बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको सन्देश सुनाएका थिए । त्यसपछि पूर्व निर्धारित कार्यक्रमअनुसार सात जना नेताले दलीय आधारमा आफ्नो धारणा राखेका थिए । जसमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे, एमालेका रामबहादुर थापा बादल, नेपाली कम्यनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०, राप्रपाका ज्ञानेन्द्र बहादुर शाही र स्वतन्त्र सांसद महावीर पुन बोलेका थिए ।
त्यसपछि गृहमन्त्री सुदन गुरुङले पूर्ववर्ती सरकारले जारी गरेका अध्यादेश संसद् समक्ष पेस गरेका थिए ।
त्यसपछि केही शोक प्रस्ताव पास गरेर अर्को बैठक चैत २२ गते बस्नेगरी सकियो ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्