काठमाडौं । इसाई धर्मावलम्बीहरूले आज इस्टर सन्डे हर्षोल्लासका साथ मनाएका छन्। यस अवसरमा काठमाडौंमा विशेष र्यालीसहित विविध कार्यक्रम आयोजना गरिएको छ।
उपत्यकाका विभिन्न स्थानबाट सुरु भएका र्यालीहरू अन्ततः दशरथ रंगशाला मा पुगेर सामूहिक कार्यक्रममा परिणत भएका छन्। कार्यक्रममा सहभागीहरूले भजन, प्रार्थना तथा सांस्कृतिक प्रस्तुतिहरूमार्फत इस्टरको महत्त्व झल्काएका छन्।
इस्टर सन्डे येशु ख्रीष्टको पुनरुत्थानको सम्झनामा मनाइने प्रमुख पर्व हो, जसले आशा, प्रेम र पुनर्जागरणको सन्देश दिने विश्वास गरिन्छ। काठमाडौंमा आयोजित कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश पनि प्रवाह गरेको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्