Skip to content

सभामुख डीपी अर्यालद्वारा पदभार ग्रहण (सात तस्विर)

कालोपाटी

४१ मिनेट अगाडि

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्याल ले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममार्फत उनले पदभार सम्हाल्दै संविधान र संसदीय मर्यादाअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पदभार ग्रहणपछि सभामुख अर्यालले संसदलाई प्रभावकारी, व्यवस्थित र जनउत्तरदायी बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहने बताएका छन्। साथै, सबै दलबीच सहकार्य र सहमतिको वातावरण निर्माण गर्दै संसदीय कामकारबाहीलाई अघि बढाउने उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार