Skip to content

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस-२ अन्तरिक्षयान पुन: सम्पर्कमा

कालोपाटी

१२ घण्टा अगाडि

काठमाण्डौ  ।  आर्टिमिस-२ अन्तरिक्षयान चन्द्रमाको पछाडिबाट निर्धारित समयमै पुनः पृथ्वीसँग सम्पर्कमा आएको छ । नेपाली समयानुसार आज बिहान साढे ४ बजे झण्डै ४० मिनेटसम्म सम्पर्कविहीन भएपछि पुनः संकेत प्राप्त हुँदा मिसन नियन्त्रण कक्षमा ठूलो राहत महसुस गरिएको बीबीसीले जनाएको छ ।

सम्पर्क पुनः स्थापित भएपछि यानमा रहेका मिसन विशेषज्ञ क्रिस्टिना कोचले सन्देश पठाउनु भएको छ । उहाँले पृथ्वीसँग फेरि संवाद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो ।

वैज्ञानिकहरूका अनुसार यस उडानका क्रममा अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतह, खाल्डाखुल्डी, चट्टान र ध्रुवीय क्षेत्रमा रहेको सम्भावित बरफको अध्ययन गरिरहेका छन् । उनीहरूले देखेका दृश्यहरू आवाजमार्फत वर्णन गरेर रेकर्ड समेत गरेका छन्, जसलाई पृथ्वीमा सुन्न पाइनेछ ।

सम्पर्क विच्छेदको क्षणमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको पछाडितिर पुग्दा पृथ्वीबाट पूर्ण रूपमा अलग भएका थिए, जुन अवस्था गएको ५० वर्षयता दुर्लभ मानिन्छ । अहिले भने सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै अन्तरिक्षयान पृथ्वी फर्किने यात्रामा अघि बढेको खबरमा उल्लेख छ ।

आर्टिमिस २ यान गएको विहीबार चन्द्रमा तिर गएको थियो भने आउँदो शुक्रबार पृथ्वीमा फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार